‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन « Khabarhub

‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- राष्ट्रिय एकता अभियानले ‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वको टोलीले सप्तरीको सदरमुकाम राजविराजमा विधेयकको विरोभा प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुतला दहन गरेको हो ।

अभियानले राजविराजमाको बजार हुँदै निकालेको र्‍याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा उनीहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’, ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । विरोध कार्यक्रममा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दीपेश जोशी लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : १९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक