‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन « Khabarhub

‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- राष्ट्रिय एकता अभियानले ‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग राख्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वको टोलीले सप्तरीको सदरमुकाम राजविराजमा विधेयकको विरोभा प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुतला दहन गरेको हो ।

अभियानले राजविराजमाको बजार हुँदै निकालेको र्‍याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा उनीहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’, ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । विरोध कार्यक्रममा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दीपेश जोशी लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : १९ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको