एमालेको दशौँ महाधिवेशन मङ्सिरमा « Khabarhub

एमालेको दशौँ महाधिवेशन मङ्सिरमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ ।

यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहनुभएका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ ।

बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ ।

यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक