आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित « Khabarhub

आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो।

आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​

कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।

कोलकात्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २र२ विकेट लिए। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ४४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब