कांग्रेस महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै नेतृत्वप्रति शेखर र गगनको आक्रोश « Khabarhub

कांग्रेस महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै नेतृत्वप्रति शेखर र गगनको आक्रोश


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न नेपाली कांग्रेको १४ औँ महाधिवेशन नेतृत्वले प्रभावित पार्न खोजेको भन्दै नेपाली कांग्रेसका नेताद्वय शेखर कोइराला र गगन थापाले आक्रोश पोखेका छन् ।

महाधिवेशन सार्न खोजिएकोबारे विभिन्न चर्चा चलेसँगै नेता कोइराला र थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

नेता शेखर कोइरालाले आगामी महाधिवेशनबारे नेतृत्वसँग विविध प्रश्नको जवाफ मागेका छन् । उनले पदाधिकारी र पूर्व पदाधिकारीहरुले महाधिवेशन नचाएको त होइन भन्दै उनीहरुको गतिविधिप्रति आशंका पैदा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ? सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’

उनले अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पाएको सुन्नमा आएको भन्दै महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ? कतै पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ । क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो।’

यसैगरी नेता थापाले नेतृत्व विधि र विधानमा नचलेको, बेथितिको जिम्मा नलिएको, नेतृत्वले आदेश दिएकै भरमा चल्ने, बेहालमा पार्टी चलाइरहने कि बदल्ने भन्दै प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर