म्यानचेस्टर युनाइटेड नकआउट चरणमा « Khabarhub

म्यानचेस्टर युनाइटेड नकआउट चरणमा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेडले मंगलबार राति यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियलमाथि २–० को जित निकाल्दै युनाइटेड अघिल्लो चरणमा पुगेको हो। ​

क्रिस्टियानो रोनाल्डोले समय सकिन १२ मिनेट बाँकी रहँदा करियरको सात सय ९९औं सिनियर गोल गरेपछि अवे मैदानमा अग्रता लिएको युनाइटेडका लागि जाडोन सान्चोले अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

समूह चरणको एक खेल बाँकी छँदै समूह ‘एफ’ बाट युनाइटेड अन्तिम १६ मा पुगेको हो। जितसँगै युनाइटेडको ५ खेलबाट १० अंक भएको छ। पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ।

समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र