म्यानचेस्टर युनाइटेड नकआउट चरणमा « Khabarhub

म्यानचेस्टर युनाइटेड नकआउट चरणमा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेडले मंगलबार राति यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियलमाथि २–० को जित निकाल्दै युनाइटेड अघिल्लो चरणमा पुगेको हो। ​

क्रिस्टियानो रोनाल्डोले समय सकिन १२ मिनेट बाँकी रहँदा करियरको सात सय ९९औं सिनियर गोल गरेपछि अवे मैदानमा अग्रता लिएको युनाइटेडका लागि जाडोन सान्चोले अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

समूह चरणको एक खेल बाँकी छँदै समूह ‘एफ’ बाट युनाइटेड अन्तिम १६ मा पुगेको हो। जितसँगै युनाइटेडको ५ खेलबाट १० अंक भएको छ। पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ।

समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले