घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ? « Khabarhub

घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ?


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ ? यसबारे धेरैमा अनभिज्ञता हुन सक्छ ।

वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एक भन्दा बढी मूर्ति भने राख्नु नहुने मान्यता छ । यदि कुनै देवताको एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।

यस्तै घरमा कुनै खण्डित, टुटेफुटेको वा पुरानो मूर्ति भए त्यसलाई तलाउ वा नदीमा विसर्जन गर्नुपर्ने मान्यता छ । यसो गर्न असम्भव भए घर कै कुनै सफा स्थानमा सम्मानका साथ भूसमाधि गरी दिनु पर्दछ ।

वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । यसले भगवान रुष्ट हुने विश्वास गरिन्छ । यसको सट्टा भगवान्को सिधा अनुहार देखिने मूर्ति राख्नु पर्दछ । साथै घरका मन्दिरमा भएका सबै मूर्तिको आकार एकै समान भएका राख्नु पर्दछ । मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ५९ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना