‘ए’ डिभिजनमा आज छैटौँ चरणका खेल सुरु हुने « Khabarhub

‘ए’ डिभिजनमा आज छैटौँ चरणका खेल सुरु हुने


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक लिग ‘ए’डिभिजन फुटबलमा आज (शुक्रबार) छैटौँ चरणको खेल सुरु हुँदैछ।

जारी प्रतियोगितमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

दोस्रो खेलमा साँझ पौने ५ बजे नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र