प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल « Khabarhub

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।

काठमाडौँमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्‍यो । तनहुँका अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभर ४ बलमा ६ विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्‍यो।

कास्कीका अनिल गुरुङले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडी निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरि ४ टिमको सहभागिता छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : २५ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को