कैलालीमा सुरक्षाकर्मीको उपस्थिति बढाउन माग « Khabarhub

कैलालीमा सुरक्षाकर्मीको उपस्थिति बढाउन माग


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपटबहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका छन् ।

कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् । गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सिर्जना गर्न माग गरे ।

क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।

यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे । ‘प्रहरी कार्यालयहरुमा यातायातका साधन लगायत न्युनतम साधन श्रोतको अभाव हुनु अत्यन्तै दुखद पक्ष हो,’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आपराधिक क्रियाकलापलाई यथाशिघ्र नियन्त्रणमा ल्याई जनताको जिउज्यानको सुरक्षाको साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ ।

यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मातहतमा रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।

त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् ।

रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ४५ बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा