तपाईंका ७ गल्तीले हुन्छ मधुमेह « Khabarhub

तपाईंका ७ गल्तीले हुन्छ मधुमेह


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले धेरै मानिसमा चिनी रोग अर्थात मधुमेह सामान्य झै बनसकेको छ । मधुमेह वयस्कदेखि युवा उमेरसम्मका मानिसमा देखा पर्ने गरेको छ । मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारणले हुने गर्दछ ।

किन हुन्छ मधुमेह ?
मोटाबोलिज्म एक यस्तो प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्दछ । सोहि उर्जा हाम्रो शरीर सञ्चालन र दैनिक कार्यमा उपयोग हुन्छ । यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि विशेष सहयोग गर्दछ ।

हामीले खाएको खानेकुरा पेटमा पुगेपछि इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्दछ र उर्जाको रुपमा प्रयोग हुन्छ ।

हाम्रो शरीरमा पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ । त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा पुर्‍याउँछ । यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ ।

यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन । मधुमेह हुनुमा आफ्नो जीवनशैली, खानपानलगातका कारणले हुने गर्दछ । यस्तोमा दैनिक जीवनमा गरिने कतिपय गल्तीले मधुमेह हुने गर्दछ । के हुन् यस्ता गल्ती ?

१. खाजा नखानु
कतिपय मानिसहरु बिहान वा दिउँसो खाजा खादैनन् । यसरी अबेरसम्म भोको बस्दा शरीरमा इन्सुलिनको स्तर नियन्त्रण हुँदैन र ब्लड सुगरको स्तर नियन्त्रण हुन ग्राहो हुन्छ ।

२. अबेर खाना खानु
बेलुकी अबेरसम्म खाना नखाने र खाना खाए लगत्तै सुत्नाले तौल बढ्छ । यस्तोमा पनि ब्लड सुगरको सन्तुलन बिग्रन्छ र मधुमेहको खतरा बढ्दछ ।

३. चिनीजन्य खाद्य
चिनीजन्य खाद्य पदार्थ र पेयमा चिनीको मात्रा बढि हुन्छ । जसले शरीरमा क्यालोरी बढाउँछ । यसबाट तौल बढ्दछ र मधुमेहको खतरा हुन्छ ।

४. अस्वस्थ्यकर खाना
आफ्नो दैनिक खानामा सन्तुलित र स्वस्थ्य खाना नखाएमा पौष्टिकताको अभावमा पनि मधुमेह हुन्छ । तसर्थ नियमित रुपमा गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी खानु पर्दछ ।

५. स्न्याक्सको सेवन
कतिपय मानिसहरु दैनिक रुपमा अत्यधिक मात्रामा स्न्याक्स खाने गर्दछन् । यस्तोमा धेरै क्यालोरीयुक्त स्न्याक्सको सेवनले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ ।

६. अत्यधिक आराम
प्रायः शहरी क्षेत्रमा र कार्यालयको काम गर्नेहरु खाना खाइसके लगत्तै घण्टौ आराम गर्दछन् । तर श्रमबिना लामो समय आराम गर्दा शरीरमा बोसोको बढ्छ र मधुमेहको खतरा हुन्छ ।

७. सलाद नखाने
खानामा सलादको मात्रा समावेश गर्नु पर्दछ । सलादमा फाइबरको मात्रा हुन्छ । यसले शरीरमा ब्लड शुगरको स्तर नियन्त्रण गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ४५ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई