योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा « Khabarhub

योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन धेरै मानिसको समस्या हो । मोटोपन भएपछि मानिसहरु शरीरलाई फिट बनाउन विभिन्न उपायहरु अपनाउँछन् । तर मोटोपन घटाउने सबैभन्दा सरल उपाय हो, योगा र ध्यान ।

नियमित रुपमा योगा र ध्यान गर्नाले शरीर स्वस्थ्य हुनुका साथै रोगप्रतिरोधी क्षमता पनि बढ्दछ । योगाले बिभिन्न रोगको जोखिमका साथै क्यान्सर जस्ता प्राणघातक रोगबाट समेत टाढा राख्दछ । जान्नुहोस्, योगा गर्नुको फाइदा के के छन् त ?

१. मानसिक स्वास्थ्यमा सुधार
योगा र ध्यानको माध्यमले शरीरको जेनेटिक कोड परिवर्तन गर्न सकिन्छ । यसबाट मानिसको मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसका अलावा स्मरणशक्ति तिक्ष्ण हुन्छ ।

२. तनाव कम हुन्छ
कैयौं प्रकारको रोगको कारण जीवनशैली र तनावमय दैनिकी हो । यस्तोमा सही ढंगले योगा र ध्यान गरेमा तनाव कम हुन्छ ।

३. क्यान्सरको जोखिम कम
योगा र ध्यानको माध्यमले इन्फ्लेमेसन कम हुन्छ । इन्फ्लेमेसन कम हुदा क्यान्सरको जोखिम पनि कम हुन्छ । तसर्थ नियमित योगा र ध्यान गरे क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

४. खानपानमा सुधार
योगा र ध्यान गर्ने मानिसको खानपानमा समेत सुधार ल्याउँछ । नियमित योगा गर्ने बानीले स्वस्थ्य खाना तथा हितकर खानामा मात्र ध्यान गर्दछ । यस्तो खानाले मानिसको शरीरमा स्फुर्ती र आत्मविश्वास बढाउँछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : १२ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने