माल्दिभ्समा रोमान्स गर्दै सारा अली खान ! « Khabarhub

माल्दिभ्समा रोमान्स गर्दै सारा अली खान !


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड होस् वा दक्षिण भारतीय फिल्म, यहाँको जो कोही स्टारहरुलाई अहिले बिदा मनाउने प्रमुख गन्तव्य बनेको छ माल्दिभ्स ।

फिल्ममा बढ्दो व्यस्ततापछि मिलेको फुर्सदलाई बिताउन उनीहरु माल्दिभ्स जाने गरेका छन् । अभिनेत्री सारा अली खानले हालैको दिनमा आफ्नो बिदा माल्दिभ्समै बिताइन् ।

मालदिभ्स बसाइँमा उनले खिचेका केही तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ । उनले स्वीमिङ पुलमा फ्लोटिङ लञ्चका साथ तस्बिर खिचाएकी छन् ।

उनले कलरफूल बिकिनीमा कैयौं तस्बिर खिचेकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा हेर्न सकिन्छ । स्वीमिङ पुलमा खाना खाँदै गरेको तस्वीरमा उनले ‘जति खाना आएको छ, सबै खानेछु’ भन्दै क्याप्सन लेखेकी छन् ।

अर्को तस्वीरमा सारालाई निलो बिकिनीमा एक काठको खम्बामा अडिएको देख्न सकिन्छ । तस्वीरमा उनको खुट्टामा बालुवा देखिन्छ ।

सारा आमा अमृता र भाइ इबराहिमका साथ माल्दिभ्स गएकी थिइन् । उनी हालै मात्र फिल्म ‘कुली नम्बर वान’मा देखिएकी थिइन् । सारा अभिनेता कार्तिक आर्यनको अफेयरमा थिइन् । तर उनीहरुको अफेयर लामो समय टिक्न सकेन ।

माल्दिभ्स जानुअघि उनले अक्षय कुमार र धनुषका साथ फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेकी थिइन् ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ४० बजे

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान