माल्दिभ्समा रोमान्स गर्दै सारा अली खान ! « Khabarhub

माल्दिभ्समा रोमान्स गर्दै सारा अली खान !


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड होस् वा दक्षिण भारतीय फिल्म, यहाँको जो कोही स्टारहरुलाई अहिले बिदा मनाउने प्रमुख गन्तव्य बनेको छ माल्दिभ्स ।

फिल्ममा बढ्दो व्यस्ततापछि मिलेको फुर्सदलाई बिताउन उनीहरु माल्दिभ्स जाने गरेका छन् । अभिनेत्री सारा अली खानले हालैको दिनमा आफ्नो बिदा माल्दिभ्समै बिताइन् ।

मालदिभ्स बसाइँमा उनले खिचेका केही तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ । उनले स्वीमिङ पुलमा फ्लोटिङ लञ्चका साथ तस्बिर खिचाएकी छन् ।

उनले कलरफूल बिकिनीमा कैयौं तस्बिर खिचेकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा हेर्न सकिन्छ । स्वीमिङ पुलमा खाना खाँदै गरेको तस्वीरमा उनले ‘जति खाना आएको छ, सबै खानेछु’ भन्दै क्याप्सन लेखेकी छन् ।

अर्को तस्वीरमा सारालाई निलो बिकिनीमा एक काठको खम्बामा अडिएको देख्न सकिन्छ । तस्वीरमा उनको खुट्टामा बालुवा देखिन्छ ।

सारा आमा अमृता र भाइ इबराहिमका साथ माल्दिभ्स गएकी थिइन् । उनी हालै मात्र फिल्म ‘कुली नम्बर वान’मा देखिएकी थिइन् । सारा अभिनेता कार्तिक आर्यनको अफेयरमा थिइन् । तर उनीहरुको अफेयर लामो समय टिक्न सकेन ।

माल्दिभ्स जानुअघि उनले अक्षय कुमार र धनुषका साथ फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेकी थिइन् ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ४० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले