अझै भएन हिउँदे वर्षा « Khabarhub

अझै भएन हिउँदे वर्षा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुर्ने भएको छ ।

गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन ।

पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

‘हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ’, उनले भने ।  वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ ।

अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा.केदार बुढाथोकीले बताए ।

‘माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन’, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ४५ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्