फेसबुक र इन्स्टाग्रामले म्यान्मारको सेनामाथि लगायो प्रतिबन्ध « Khabarhub

फेसबुक र इन्स्टाग्रामले म्यान्मारको सेनामाथि लगायो प्रतिबन्ध


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।

गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबुकले आफ्नो निर्देशिकाको उल्लंघन गरेको भन्दै सेनाको मुख्य पेजमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

म्यान्मारको सेनाले सन् २०२० को चुनावमा धँधली भएको भन्दै फेसबुकमार्फत प्रचार प्रसार गर्दै आएको थियो ।

फेसबुकले बुधबार राति एक वक्तव्य जारी गर्दै सैन्य ‘कू’ पछि भएको हिंसाका घटनालाई मध्यनजर गर्दै यो प्रतिबन्ध आवश्यक रहेको महसुस गरेको जनाएको छ ।

सैन्य कूको विरोधमा म्यान्मारमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

फेसबुकले यो प्रतिबन्ध अनिश्चितकालका लागि भएको उल्लेख गर्दै तत्कालको प्रभावका कारण लागू गरिएको जनाएको छ ।

अनलाइनमार्फत व्यक्त गरिने असन्तोषलाई दबाउनका लागि म्यान्मारको सेनाले बेला–बेला इन्टरनेट बन्द गर्ने तथा फेसबुक चलाउन प्रतिबन्ध लगाउने कार्य गर्दै आएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : १६ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर