वरिष्ठ छातीरोग विशेषज्ञ डा दासलाई हेमबहादुर मल्ल सम्मान प्रदान « Khabarhub

वरिष्ठ छातीरोग विशेषज्ञ डा दासलाई हेमबहादुर मल्ल सम्मान प्रदान


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित रु दुई लाख राशिको उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गरेको योगदानको कदर गर्दै पूर्व मन्त्री तथा कानून आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

आँखा चिकित्सक डा सन्दुक रुईत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालालगायत यो पुरस्कारबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ५६ बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट