अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुङ्गानाले बुझाए लिखित जवाफ « Khabarhub

अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुङ्गानाले बुझाए लिखित जवाफ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताए छन् ।

सर्वोच्च अदालतमा आज उपस्थित भएर उनले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ ।

“सम्मानित न्यायलय राष्ट्रको एकमात्र गैर राजनीतिक, तटस्थ तथा विवेकी सर्वोच्च संस्थाका हैसियतमा आफ्नो विशिष्ट मौलिक पक्ष वा चरित्रका बारेमा पनि सविश्वास खुला शब्दमा दह्रो किसिमले बोलोस् भन्ने यस किसिमको मनासिव उपेक्षा पनि सादर निवेदन गर्दछु ।”

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गएका थिए ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले गत माघ १५ गते सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो । सो आदेशअनुसार पूर्वसभामुख ढुङ्गानाले सचेत नागरिकका रूपमा आफूले अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना नहुने हुँदा जवाफ दिँदै मुद्दा खारेज गर्न माग गरेका छन् ।

यसअघि उक्त विवादमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की स्वयम उपस्थित भएर लिखित जवाफ पेश गरिसकेका छन् । प्रतिनिधिसभा विघटनको विषयको विवाद अन्त्य भइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : १४ बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट