प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा « Khabarhub

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको बुझिएको छ ।  भेटनमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

अदालतको उक्त आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो ।

अहिले प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : ५१ बजे

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक