विज्ञान सम्बन्धी चेतना बढाउन सके ठूला महामारीसँग लड्न सकिन्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

विज्ञान सम्बन्धी चेतना बढाउन सके ठूला महामारीसँग लड्न सकिन्छ : मन्त्री श्रेष्ठ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले विज्ञान सम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड–१९ जस्ता ठूला महामारी विरुद्धको लडाइँमा सफता प्राप्त गर्न सकिने बताएका छन् ।

विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको २१ औँ शताब्दीमा विज्ञान र प्रविधिको विकास अपरिहार्य रहेको बताए ।

कोभिड–१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदानलाई सरकारले कहिल्यै भुल्न नसक्ने पनि उनले स्पष्ट पारे । शिक्षा मन्त्रालयले नाष्टका १८ वैज्ञानिकको प्रस्ताब छनौट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्ताब अनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट कोभिड–१९ नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ।

नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्व दिने योजना आवश्यक रहेको उनले बताए ।

उदीयमान प्रविधिको रुपमा विकास भैरहेको स्याटेलाइट, आइसिटी, रोबोटिक्स, आर्टिफिसियल इन्टलिजेन्स, न्युक्लियर टक्नोलोजी जस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सम्वृद्धिको दिशामा अघि बढ्नु अपरिहार्य रहेको उनले बताए ।

स्याटेलाईट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै त्यस्ता बैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

विज्ञान र प्रविधि आफैमा महत्वपूर्ण विषय भएकोले यस विषयसँग जोडिएका सम्पूर्ण काम गर्न छुट्टै विज्ञान मन्त्रालय आवश्यक रहेको उनले बताए ।

‘शिक्षा र विज्ञान एउटै मन्त्रालय भएकोले विज्ञान क्षेत्रका काम गर्न केही समस्या परेको छ उनले भने’,नीतिमा भएका विषयलाई कायन्वयन गर्न र आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रीको हैसियतले पहल गर्छु ।

गोष्ठीमा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले हजार भन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिक लगायतसँग छलफल गरी तयार भएको कार्ययोजनालाई लागू गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।

प्रविधि नवप्रवर्तक नीति २०७६ लाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सचिव डा. सञ्जय शर्माले वर्तमान समयमा विकासको परिभाषा विज्ञान बाहेक अरु हुन नसक्ने तर्क गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ५६ बजे

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौं– अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं– खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

मुख्यमन्त्री केदार कार्की बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली

तनहुँमा चलचित्र निर्माण कार्यशाला

डुम्रे– जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक