‘पुरे पचास हजार’ बोल्न साम्भालाई यस्तो सकस « Khabarhub

‘पुरे पचास हजार’ बोल्न साम्भालाई यस्तो सकस


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तपाईंले बलिउड फिल्म ‘शोले’ हेर्नुभएको छ भने यो फिल्मका लोकप्रिय पात्र ‘साम्भा’ले बोलेको एक संवाद ‘पुरे पचास हजार…’ अवश्य सम्झनुहुन्छ ।

यो फिल्ममा अभिनेता मेकमोहनले ‘साम्भा’को चरित्र निर्वाह गरेका थिए । मेकमोहनले बोलेको यो संवाद पछाडिको एक अनौठो किस्सा सायद कमैलाई मात्र थाहा होला ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले बोलेको यो तीन शब्दको संवादको छायांकन गर्न मेकले करिब २७ पटक मुम्बईबाट बेङ्लोरको यात्रा गरेका थिए ।

यो फिल्मको सुरुवातमा उनको भूमिका केही लामो थियो । तर सम्पादनपछि उनको यो तीन शब्दको संवादमात्र जीवित रह्यो । सम्पादन पछि फिल्म हेर्दा मेक निकै निराश भएका थिए ।

‘जब मैले फिल्म शोले हेरें, तब म रुन थालें । फिल्म सकिनासाथ म सिधै निर्देशक रमेश सिप्पीको अगाडि पुगें र उनलाई मेरो यति सानो भूमिका किन राखेको भनेर सोधें । मैले ‘तपाईंले चाहनुहुन्थ्यो भने यो भूमिका पनि हटाउन सक्नुहुन्थ्यो ?’ भनेर भनें’, मेकले एक अन्तरवार्तामा भनेका छन् ।

मेकका अनुसार त्यसपछि रमेशले उनलाई ‘यदि फिल्म हिट भयो भने विश्वले तिमीलाई साम्भा नामले चिन्नेछन्’ भनेका थिए ।

मेकले आफ्नो करियरमा ‘डन’, ‘कर्ज’, सत्ते पे सत्ता’, ‘जंजीर’, ‘रफूचक्कर’, ‘शान’, ‘खून पसीना’ जस्ता हिट फिल्ममा अभिनय गरेका थिए । तर पहिचान भने फिल्म ‘शोले’बाट पाए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : ४५ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु