धर्नास्थलमा पुगेर गृहमन्त्रीले भने : टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट हुन्छ « Khabarhub

धर्नास्थलमा पुगेर गृहमन्त्रीले भने : टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट हुन्छ


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिएका छन् ।

निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगायतका माग राख्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्‍न पुगेका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको बताएका हुन् ।

गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले सबै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिए ।

टिकापुर घटनामा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने, पिछडा वर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने आफूहरूको माग रहेको र सरकारले वार्ता गर्ने आश्वासन दिएको थारु नेतृ रुक्मणी चौधरीले जानकारी दिइन् ।

थारु कल्याणकारिणी सभा लगायतले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : २७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व