भीडभाड नगरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह « Khabarhub

भीडभाड नगरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ ।

दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’ को पालना गरी उक्त कार्यढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भए बमोजिम विद्यालय सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सबै सरोकारवालाहरूले सजग र सचेत रहेर परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका गतिविधि सञ्चालन गर्नुपर्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न पनि भनेको छ ।

विद्यालयमा मास्क तथा स्यानिटाइजरको प्रयोग र सावुन पानीले हात धुने जस्ता क्रियाकलाप अनिवार्य रुपमा गर्न गराउन पनि मन्त्रालउयले सबैलाई आग्रह गरेको छ ।

कुनै विद्यार्थीलाई संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजान पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ७ : १३ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान