भीडभाड नगरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह « Khabarhub

भीडभाड नगरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ ।

दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’ को पालना गरी उक्त कार्यढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भए बमोजिम विद्यालय सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सबै सरोकारवालाहरूले सजग र सचेत रहेर परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका गतिविधि सञ्चालन गर्नुपर्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न पनि भनेको छ ।

विद्यालयमा मास्क तथा स्यानिटाइजरको प्रयोग र सावुन पानीले हात धुने जस्ता क्रियाकलाप अनिवार्य रुपमा गर्न गराउन पनि मन्त्रालउयले सबैलाई आग्रह गरेको छ ।

कुनै विद्यार्थीलाई संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजान पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : १३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित