सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेट « Khabarhub

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेट


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे । ्र्नु

उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसलाका लागि आभार व्यक्त गरे ।

सङ्घीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए ।

उनले दुई देशबीच कृषि, जलविद्युत्, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याएका थिए ।

राजदूत शाहले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनताजनताबीच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गरे । उनले आफ्नो कार्यकालमा नेपालमा व्यापारलगायत क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्वतारोहण, जलविद्युतलगायत क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उनले बताएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ०५ बजे

आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरुकाठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी