आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित « Khabarhub

आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए । डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे ।

बलिङतर्फ कोलकाताका लागि भरुन चक्रवर्तीले दुई विकेट लिए । शिभम माभी र पर्सिघ कृष्णले एक/एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे । २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, दिनेश कार्तिकले २५ रन बनाउँदा नितिस रानाले २२, प्याट कमिन्सले १० रन जोडे । कोलकाताका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४७ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर