आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित « Khabarhub

आईपीएल क्रिकेट : केकेआरलाई हराउँदै राजस्थाको दोस्रो जित


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए । डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे ।

बलिङतर्फ कोलकाताका लागि भरुन चक्रवर्तीले दुई विकेट लिए । शिभम माभी र पर्सिघ कृष्णले एक/एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे । २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, दिनेश कार्तिकले २५ रन बनाउँदा नितिस रानाले २२, प्याट कमिन्सले १० रन जोडे । कोलकाताका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना