बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु « Khabarhub

बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु भएको छ ।

नटिङघम शहरमा साइकल दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षे बद्री गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।

गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेटको दूरी नजिक रोबिनहुड रोड नजिकै गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट लडेका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारररत उनको उपचारकै क्रममा मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

त्यसपछि साइकल चलाउन छाडेका गौतमले केही दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउँमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत पुगेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : १२ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि