झापाका कुन स्थानीय तहको बजेट कस्तो ? « Khabarhub

झापाका कुन स्थानीय तहको बजेट कस्तो ?



झापा– झापाका अधिकांश स्थानीय तहले जनस्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् ।

कोरोना महामारीका कारण अधिकांशको आन्तरीक आम्दानी खुम्चिएको अवस्थामा धेरै जसो स्थानीय तहले अघिल्लो वर्षकै नीति तथा कार्यक्रम एवम् बजेटलाई निरन्तरता दिएका छन् ।

कुन नगरपालिकाको कस्तो बजेट ?
दमक
दमक नगरपालिकाले १ अर्ब, ३८ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट नीति तथा कार्याक्रम प्रस्तुत गरेको छ ।

९ औँ नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बार्षिक नीति तथा कार्याक्रम प्रस्तुत गरेकी हुन् । नगरपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।

दमक नगरपालिका नीति तथा कार्यक्रममा कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तीमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने जनाइएको छ ।

विर्तामोड
विर्तामोड नगरपालिकाले १ अर्ब २७ करोड, ८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

विर्तामोड नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले पूर्वाधार विकास तर्फ ५६ करोड, १४ लाख, सामाजिक विकासमा ३८ करोड, २ लाख, आर्थिक विकासमा २८ करोड, २७ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

चालु खर्च तर्फ ४४ करोड ३५ लाख, १४ हजार, पूँजीगत खर्च ६६ करोड ४२ लाख ६५ हजार र सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । कोरोना महामारीको कारण भने नगरको आन्तरिक स्रोतमा २० प्रतिशत कम संकलन भएको जनाइएको छ ।

अर्जुनधारा
अर्जुनधारा नगरपालिकाले ८२ करोड, ८४ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले १७ करोड २० लाख रुपैयाँ बजेट पूर्वाधार विकासमामा विनियोजन गरेको छ ।

गौरादह
गौरादह नगरपालिकाले ७१ करोड, ८३ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । ८ औँ नगरसभामा उपप्रमुख गीता भेट्वालले बजेट प्रस्तुत गरेकी हुन् । भद्रपुर नगरपालिकाले ८३ करोड, १३ लाख, २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

भद्रपुरले ३४ करोड पूर्वाधार विकासमा, २९ करोड ८० लाख रुपैयाँ सामाजिक विकासमा विनियोजन गरेको छ ।

कनकाई
कनकाई नगरपालिकाले ७३ करोड, ७१ हजार, ४२० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

मेचीनगर
मेचीनगर नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर १ अर्ब ५३ करोड, ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमेयर मिना पोखरेलले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास तर्फ ६७ करोड, १८ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । मेचीनगरले पूर्वाधारसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको कस्तो ?
नगरपालिकाहरुको जस्तै गाउँपालिकाहरुले पनि पूर्वाधारलाईनै प्राथमिकता दिँदै बजेट, नीति तथा सार्वजनिक गरेका छन् ।

झापा गाउँपालिकाले ४५ करोड, ७४ लाख ५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपप्रमुख कुन्तीदेवि बुढाथोकीले ४५ करोड, ७४ लाख ५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

पूर्वाधार विकासतर्फ ११ करोड, ९० लाख, आर्थिक विकास तर्फ २ करोड, ३३ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले बताए । सामाजिक विकास तर्फ २ करोड ७० लाख, ३० हजार रुपैयाँ बजेट वियोजन गरिएको छ । पालिकाले त्याएको बजेट बिहीबार नै पारित भएको थापाले बजार देनिकलाई जानकारी दिए ।

कचनकवल गाउँपालिकाले ५२ करोड, ४३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय कुमार बस्नेतले बताए । गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । त्यस्तै, बुद्धशान्ति गाउँपालिकाले ५२ करोड, १० लाख, ३२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गौरीगञ्ज गाउँपालिकाले ४६ करोड, ३४ हजार ७४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको ९ औँ गाउँसभामा उपाध्यक्ष दिपेन्द्र थापाले उक्त बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले पूर्वाधार विकासमा ५ करोड १४ लाख, सामाजिक विकास ३ करोड, ४५ लाख, आर्थिक विकासमा १ करोड २० रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कमल गाउँपालिकाले भने बुधबार नै बजेट प्रस्तुत गरेको छ । कमलले ८३ करोड, १३ लाख, २ हजार बराबरको बजेट प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठले बताए । त्यस्तै हल्दिबारी गाउँपालिकाले पनि बिहीबार बजेट ल्याएको छ । हल्दिबारी गाउँपालिकाले ४५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बाह्रदर्शी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि प्राविधिक कारणले बजेट प्रस्तुत गर्न नसकेको गाउँपालिकाकी उपप्रमुख रत्ना राजवंशीले बताइन् ।

झापाका १५ स्थानीय तह मध्ये शिवसताक्षी नगरपालिकाको नगरसभा शुरु भए पनि बजेट सार्वजनिक भएको छैन भने गाउँपालिका तर्फ बाह्रदशीको बजेट आउन बाँकी छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : १४ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ