रणवीरको ‘आर के’ ट्याटु हटाउदा दीपिकाको रुवाबासी « Khabarhub

रणवीरको ‘आर के’ ट्याटु हटाउदा दीपिकाको रुवाबासी


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडकी ‘मस्तानी’ दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग सुखदमय वैवाहिक जीवन बिताइरहेकी छन् । तर एक समय यस्तो पनि थियो कि दीपिका रणवीर कपूरको प्रेममा पागल नै थिइन् ।

दीपिका र रणवीरले आफ्नो करियरको सुरुवातमा फिल्म ‘बचना ऐ हसिनों’मा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको समयमा उनीहरु एकापसमा नजिकिएका थिए ।

दीपिका रणवीरको प्रेममा निकै गम्भीर भइन् । यही प्रेमलाई दर्शाउन उनले घाँटीमा रणवीर कपूर नामको दुई अक्षर ‘आर’ र ‘के’ को ट्याटु बनाइन् । विस्तारै विस्तारै उनीहरुबीचको सम्बन्ध कमजोर बन्दै गयो ।

उनीहरुको सम्बन्ध टुट्नुको कारक अभिनेत्री कटरीना कैफ बनिन् । किनकी रणवीरले कटरीनालाई मनपराउन थालेका थिए । जसकारण उनले दीपिकालाई बेवास्ता गरे ।

रणवीरले बेवास्ता गरे पनि दीपिकालाई आफ्नो प्रेममा भरोसा थियो । तर रणवीरले प्रेम टुटाए । रणवीरसँग अलग्गिएको एकदिन पछि नै दीपिकाले आफ्नो ट्याटु हटाउने निर्णय लिइन् । जसमा उनी सफल पनि भइन् ।

उनको ट्याटु हटाउन १७ मिनेट समय लाग्यो । त्यसपछि उनी कैयौं घण्टासम्म रोएकी थिइन् । दीपिकाले आफ्नो ट्याटुलाई लिएर कहिल्यै अप्ठ्यारो महशुस गरिनन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : २० बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका