रणवीरको ‘आर के’ ट्याटु हटाउदा दीपिकाको रुवाबासी « Khabarhub

रणवीरको ‘आर के’ ट्याटु हटाउदा दीपिकाको रुवाबासी


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडकी ‘मस्तानी’ दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग सुखदमय वैवाहिक जीवन बिताइरहेकी छन् । तर एक समय यस्तो पनि थियो कि दीपिका रणवीर कपूरको प्रेममा पागल नै थिइन् ।

दीपिका र रणवीरले आफ्नो करियरको सुरुवातमा फिल्म ‘बचना ऐ हसिनों’मा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको समयमा उनीहरु एकापसमा नजिकिएका थिए ।

दीपिका रणवीरको प्रेममा निकै गम्भीर भइन् । यही प्रेमलाई दर्शाउन उनले घाँटीमा रणवीर कपूर नामको दुई अक्षर ‘आर’ र ‘के’ को ट्याटु बनाइन् । विस्तारै विस्तारै उनीहरुबीचको सम्बन्ध कमजोर बन्दै गयो ।

उनीहरुको सम्बन्ध टुट्नुको कारक अभिनेत्री कटरीना कैफ बनिन् । किनकी रणवीरले कटरीनालाई मनपराउन थालेका थिए । जसकारण उनले दीपिकालाई बेवास्ता गरे ।

रणवीरले बेवास्ता गरे पनि दीपिकालाई आफ्नो प्रेममा भरोसा थियो । तर रणवीरले प्रेम टुटाए । रणवीरसँग अलग्गिएको एकदिन पछि नै दीपिकाले आफ्नो ट्याटु हटाउने निर्णय लिइन् । जसमा उनी सफल पनि भइन् ।

उनको ट्याटु हटाउन १७ मिनेट समय लाग्यो । त्यसपछि उनी कैयौं घण्टासम्म रोएकी थिइन् । दीपिकाले आफ्नो ट्याटुलाई लिएर कहिल्यै अप्ठ्यारो महशुस गरिनन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : २० बजे

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको