मलेसियाबाट बिरामी नेपालीको उद्धार « Khabarhub

मलेसियाबाट बिरामी नेपालीको उद्धार


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- जनउद्धार केन्द्र मलेसियाले प्यारालाइसिसले थला परेका एक नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ ।

अवैधानिक रुपमा मलेसियाको मेलाका राज्यमा काम गर्दै आएका नवलपरासीको साविक हरपुर- ५ का ४० वर्षीय हरिशचन्द्र केवटलाई उद्धार गरी स्वदेश पठाइएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

हरिशचन्द्रको अवस्था थाहा पाएपछि उनको परिवार र साथीहरूले जनउद्धार केन्द्र समक्ष सहयोगको याचना गरेपछि शुक्रबार हिमालयन एअरलाइन्सको उडान मार्फत स्वदेश पठाइएको अध्यक्ष थापाले बताए ।

थापाका अनुसार प्रतिकुल परिस्थितिको फाइदा उठाउँदै उनी कार्यरत कम्पनीले उपचारमा मोटो रकम खर्च भएकोले नेपाल पठाउन नसक्ने जवाफ दिएको थियो । कम्पनीले नै उपचारमा समेत पन्छिन खोजेपछि आफूहरुले सहयोग गरेको उनले बताए ।

शारीरिक रुपमा पनि अशक्त भएकोले उनीसँग साथमा नेपालसम्म पुग्नेगरी एक सहयोगी पनि साथमा पठाइएको थापाले बताए । बिरामीको अवस्थाबारे परिवारले जनउद्धार केन्द्रलाई निवेदन दिएपछि उनको उद्धारमा केन्द्र लागि परेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : २० बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री