एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा « Khabarhub

एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।

सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।

त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १२३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आव २०७५/७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

त्यस्तै आव २०७४/७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य, १६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६२७ ले सो सेवा लिएका छन् । यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ ।

विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् । अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : २४ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री