काठमाडौँमा खोप लगाउन अनलाइन दर्ता अनिवार्य « Khabarhub

काठमाडौँमा खोप लगाउन अनलाइन दर्ता अनिवार्य


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकाहरुले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उक्त प्रावधान गरिएको काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काको भनाइ छ।

उनले भने‚ ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ।’

सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए। खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको उनको भनाइ छ।

नेपालमा हालसम्म जोनसनको खोपबाहेक ४५ लाख ३ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। जसमध्ये २२ लाख ८८ हजार ७९२ जनाले कोभिशिल्ड लगाएका छन्। कोभिशिल्डको दोस्रो खोप करिब १४ लाख जनाले लगाउन बाँकी छ। यस्तै‚ भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले लगाएकोमा आठ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ४३ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री