सभामुख अनुपस्थित रहेको कार्यकक्षमा एमाले सांसदहरुको धर्ना « Khabarhub

सभामुख अनुपस्थित रहेको कार्यकक्षमा एमाले सांसदहरुको धर्ना


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास गर्न माग गर्दै एमाले सांसदहरुले बुधबार सभामुख अग्नि सापकोटाको सिंहदरवारस्थित कार्यकक्षमा धर्ना दिएका छन् ।

भदौ १ गते एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाटसमेत कारबाही गरेको थियो । सो कारबाहीको जानकारी एमालेले संसद सचिवालयमा तत्काल जानकारी गराए पनि सभामुख सापकोटाले सूचना टास गर्न ढिलाइ गरेको भन्दै एमाले सांसहरु धर्नामा बसेका हुन् । सूचना टास भएपछि उनीहरु पदमुक्त हुने भएकाले एमाले सांसदहरुले सूचना टासका लागि सभामुखलाई दबाब दिएका हुन् ।

माधवकुमार नेपाललगातयत नेताहरुले एमाले विभाजन गरेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठनका लागि बुधबार नै निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

तर बुधबार सभामुख सापकोटा भने अनुपस्थित छन् । दाँतको सर्जरी गराएका उनी चिकित्सकको सल्लाह अनुसार आराममा रहेको उनको सचिवालयले जनाएको छ । यसअघि पनि एमाले सांसदहरुले सभामुखको कार्यकक्षमा धर्ना दिएका थिए । सो क्रममा एमाले सांसदहरुले सभामुखलाई धम्की दिएको सभामुखको सचिवालयले जनाएको थियो । सो धम्कीप्रति सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : २५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको