सभामुख अनुपस्थित रहेको कार्यकक्षमा एमाले सांसदहरुको धर्ना « Khabarhub

सभामुख अनुपस्थित रहेको कार्यकक्षमा एमाले सांसदहरुको धर्ना


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास गर्न माग गर्दै एमाले सांसदहरुले बुधबार सभामुख अग्नि सापकोटाको सिंहदरवारस्थित कार्यकक्षमा धर्ना दिएका छन् ।

भदौ १ गते एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाटसमेत कारबाही गरेको थियो । सो कारबाहीको जानकारी एमालेले संसद सचिवालयमा तत्काल जानकारी गराए पनि सभामुख सापकोटाले सूचना टास गर्न ढिलाइ गरेको भन्दै एमाले सांसहरु धर्नामा बसेका हुन् । सूचना टास भएपछि उनीहरु पदमुक्त हुने भएकाले एमाले सांसदहरुले सूचना टासका लागि सभामुखलाई दबाब दिएका हुन् ।

माधवकुमार नेपाललगातयत नेताहरुले एमाले विभाजन गरेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठनका लागि बुधबार नै निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

तर बुधबार सभामुख सापकोटा भने अनुपस्थित छन् । दाँतको सर्जरी गराएका उनी चिकित्सकको सल्लाह अनुसार आराममा रहेको उनको सचिवालयले जनाएको छ । यसअघि पनि एमाले सांसदहरुले सभामुखको कार्यकक्षमा धर्ना दिएका थिए । सो क्रममा एमाले सांसदहरुले सभामुखलाई धम्की दिएको सभामुखको सचिवालयले जनाएको थियो । सो धम्कीप्रति सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : २५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं