तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने « Khabarhub

तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबलुसमेत कब्जा गरेको इस्लामिक कट्टरपन्थी तालिबानले कब्जामा लिन नसेकेको काबलु नजिकैको पंजशीर उपत्यकाका लडाकुहरुसँग वार्ता गर्ने जनाएको छ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘हामीले पंजशीरका आफ्ना भाइहरुसँग वार्ता गर्न आह्वान गरेका छौँ।’ उनले पंजशीरका जनतामा केही समस्या रहेको भन्दै ती विषयमा वार्ता गर्न प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको जानकारी दिएका छन् ।

पाकिस्तानी अंग्रेजी पत्रिका ट्रिब्यूनले तालिबान र पंजशीरबारे वार्ताको पहल भइरहेको समाचार प्रकाशित गरेको छ । तालिबानको सांस्कृतिक आयोगका एक सदस्य मुफ्ती अनामुल्ला समांगानीले वार्ताका लागि निकै गम्भीर प्रयास भइरहेको बताएका छन् । उनले तालिबान प्रतिनिधिमण्डलले अहमद मसूद र पंजशीर मामिलाका सरोकारवाला अन्य नेताहरुसँग पनि वार्ता गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार हालका दिनहरुमा पंजशीरको अवस्था तनावपूर्ण रहेको छ । तालिबान लडाकुहरुले पंजशीर कब्जा गर्ने प्रयास गरेपछि पंजशीरका लडाकुले उनीहरुलाई रोकिदिएको जनाइएको छ । पंजशीरका लडाकुहरुसँगको भिडन्तमा तालिबानले क्षति बेहोरेको दावी गरिएको छ । (एजेन्सी)

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ४४ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ