तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने « Khabarhub

तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबलुसमेत कब्जा गरेको इस्लामिक कट्टरपन्थी तालिबानले कब्जामा लिन नसेकेको काबलु नजिकैको पंजशीर उपत्यकाका लडाकुहरुसँग वार्ता गर्ने जनाएको छ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘हामीले पंजशीरका आफ्ना भाइहरुसँग वार्ता गर्न आह्वान गरेका छौँ।’ उनले पंजशीरका जनतामा केही समस्या रहेको भन्दै ती विषयमा वार्ता गर्न प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको जानकारी दिएका छन् ।

पाकिस्तानी अंग्रेजी पत्रिका ट्रिब्यूनले तालिबान र पंजशीरबारे वार्ताको पहल भइरहेको समाचार प्रकाशित गरेको छ । तालिबानको सांस्कृतिक आयोगका एक सदस्य मुफ्ती अनामुल्ला समांगानीले वार्ताका लागि निकै गम्भीर प्रयास भइरहेको बताएका छन् । उनले तालिबान प्रतिनिधिमण्डलले अहमद मसूद र पंजशीर मामिलाका सरोकारवाला अन्य नेताहरुसँग पनि वार्ता गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार हालका दिनहरुमा पंजशीरको अवस्था तनावपूर्ण रहेको छ । तालिबान लडाकुहरुले पंजशीर कब्जा गर्ने प्रयास गरेपछि पंजशीरका लडाकुले उनीहरुलाई रोकिदिएको जनाइएको छ । पंजशीरका लडाकुहरुसँगको भिडन्तमा तालिबानले क्षति बेहोरेको दावी गरिएको छ । (एजेन्सी)

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ४४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक