‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट « Khabarhub

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकमा रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् ।

महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो ।

फिल्मको निर्देशन विक्रम स्वाँरले गर्नेछन् । फिल्मको गीत आम मानिसको मुखमा झुण्डिएको हुनाले त्यसैको नामलाई सापटी लिएर फिल्म बनाउन लागिएको गायक चौलागाइँले बताए ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा मल्टीस्टार कलाकारको अभिनय रहनेछ । उनका अनुसार कोरोना महामारी सामान्य भएपछि फिल्म छायांकनको अनुमति लिएर काम सुरु हुनेछ । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ५२ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ