महन्थ ठाकुरको दलमा १४ सांसदले गरे सनाखत « Khabarhub

महन्थ ठाकुरको दलमा १४ सांसदले गरे सनाखत


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

उनले कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको बताए । उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील हुने भन्दै समावेसी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए । उनले बहुल राज्यको विषय पनि आफ्नो पार्टीको नीति रहेको बताए । उनले कुरा नबुझ्नेहरुले बहुल राज्यको विरोध गरेको बताए ।

उनले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ५४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं