चीनका लागि नेपाली राजदूत पाण्डेको कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति (भिडियो सहित) « Khabarhub

चीनका लागि नेपाली राजदूत पाण्डेको कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति (भिडियो सहित)


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे राजदूत भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहेका छन् ।

यसअघि भारतीय सञ्चार माध्यमबारे अभिव्यक्ति दिएर कूटनीतिक मर्यादा उल्लंघन गरेका उनले फेरि चिनियाँ रेडियोलाई दिएको अन्तर्वार्तामा नेपालको मान्यताभन्दा बाहिर गएर बोलेका छन् । उनले नेपालको राजदूतभन्दा पनि चिनियाँ प्रवक्ताको जस्तो शैलीमा अन्तर्वार्ता दिएका छन्।

नेपाली भाषामा चिनियाँ रेडियो सीआरआईलाई भिडियो अन्तर्वार्ता दिएका पाण्डे नेपाल मौन रहँदै आएको विषयमा समेत बोलेका छन् ।

उनले हङकङ, मकाउ, ताइवानका विषयमासमेत बोलेका छन् । नेपाल यी विषयमा मौन रहँदै आएको छ । अन्तर्वार्तामा पाण्डेले भनेका छन्, ‘हाम्रो नेपालको आँखाले हेर्दा दुई चारवटा चाइना छैन, चाइना एउटै हो । तिब्बत, हङकङ, मकाउ, ताइवान चीनका अङ्ग हुन् ।’

नेपालले तिब्बतलाई लिएर एक चीन नीतिप्रति आफ्नो मान्यता राख्दै आए पनि अन्य भूभागबारे भने कहिल्यै पनि बोलेको छैन ।

राजदूत पाण्डेले चीनले तिब्बतमा विकासको नमुना देखाएको समेत दाबी गरेका छन् । उनले नेपालले तिब्बतमात्र नभनेर चीनको स्वशासित क्षेत्र भन्ने गरेको समेत बताएका छन् । चीनले तिब्बतमा गरेको विकासको सबैले अनुकरण गर्नुपर्ने उनको भनाइ छ ।

उता विश्व समुदायबाट आलोचना हुँदै आएको विगर मुस्लिमहरुको मानवअधिकारको विषयमासमेत राजदूत पाण्डेले नेपालको मान्यता विपरित अभिव्यक्ति दिएका छन् । चीनले विगर मुसलमानको मानवअधिकार हनन् गरेको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आपत्ति जनाउँदै आए पनि नेपाल यो विषयमा मौन रहँदै आएको छ ।

राजदूत पाण्डेले भने पश्चिमा मुलुक र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विगर मुसलमानबारे प्रकाशित गरेका समाचारको खण्डनसमेत गरेका छन् । उनले आफू चीन आएपछि पाएको सूचना अनुसार उनीहरुको मानवअधिकार हनन् नभएको दाबी गरेका छन् । उनले आफू छिटै विगर मुसलमान रहेको क्षेत्रको भ्रमणमा जान चाहेको समेत बताएका छन् ।

राजदूत पाण्डेको अभिव्यक्ति परराष्ट्र मामिलाका जानकार अरुण सुवेदी कूटनीतिक मर्यादा विपरित भएको बताउँछन् । उनले राजदूतले कूटनीतिक मर्यादा बिर्सन नहुने बताए । उनले भनेका छन्, ‘मैले बुझेको छैन, उहाँले किन चिनियाँ प्रवक्ता जसरी बोल्नु भयो ।’

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : १९ बजे

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने