झलनाथ खनालको सनाखतलाई आयोगले दियो मान्यता « Khabarhub

झलनाथ खनालको सनाखतलाई आयोगले दियो मान्यता


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बन्न लागेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रियाका लागि बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सनाखतलाई मान्यता दिइएको छ ।

उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले दिल्लीस्थित नेपाली दूतावासमा सनाखत गरेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खबरहबलाई बताए । उनले भने, ‘उहाँ (खनाल)ले दिल्लीस्थित दूतावासबाट सनाखत गरेकोलाई यहाँ मान्यता दिइएको छ ।’

नेता खनालको सनाखतलाई मान्यता दिएसँगै प्रस्तावित एकीकृत समाजवादीका लागि सनाखत गर्ने सांसदको संख्या ३० पुगेको छ । यस्तै केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ । खनालको सनाखतलाई मान्यता दिए पनि सनाखतका लागि आयोगमा पुगेका ३ जना सांसदहरुले भने सनाखत गर्न पाएनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक