भरतपुर विमानस्थलको रन–वे आसपास झाडी बढ्दा जोखिम « Khabarhub

भरतपुर विमानस्थलको रन–वे आसपास झाडी बढ्दा जोखिम


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ ।

झाडीमा स्याल, दुम्सीलगायतका जनावरको बासस्थान बन्दै गएको छ । जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुनसक्ने उच्च जोखिम देखिएको छ ।

विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुनसक्ने चिन्ता सरोकारवालाको छ । विमानस्थलको टावरबाट धावनमार्ग राम्रोसँग हेरेर मात्र जहाज अवतरण र उडान गर्ने गरिन्छ ।

धावनमार्ग छेवैसम्म झाडी बढेकाले टावरबाट सफा देखिए पनि तत्काल जनावर आउन सक्ने जोखिम उच्च छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माले बेलाबेलामा सरसफाइ गर्ने गरेको भए पनि अहिले केही बढेको स्वीकार गरे ।

बजेट लगायतका कारण काम रोकिएको उनको भनाइ छ । झाडी सफा गर्ने ट्र्याक्टरले काम गर्न नसकेकाले पनि झाडी बढेको उहाँको तर्क छ । धावनमार्गमा स्याल र चरा आउँदा विमानस्थलको दमकलले साइरन बजाएर लखेट्ने गरिएको छ । झाडीसँगै पानी तर्काउन बनाइएको नालीमा स्याल लुक्ने गर्दछन् । उनले भने, “हामीलाई स्यालले निकै दुःख दिने गरेको छ ।”

यससँगै विमानस्थलभित्रको सरसफाइमा समेत कमी रहेको गुनासो आउने गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले झाडी फाँड्न र कार्यालय सरसफाइमा बजेटको अभाव नहुने बताए । विमानस्थलको धावनमार्ग आसपासको क्षेत्र सरसफाइ हुनुपर्नेमा उनको जोड छ ।
उनले भने, “सरसफाइ हुनुपर्छ । के रहेछ म बुझ्छु ।”

स्थानीय सञ्चारमाध्यममा धावनमार्गमा बच्चा खेल्दै गरेको एक तस्बिरसमेत प्रकाशित भएको छ । दुई वर्षअघि राजमार्गमा ट्र्याक्टरले बोकेको भैँसी हामफालेर धावनमार्ग पुगेपछि सुरक्षा व्यवस्था कडा परिएको थियो । विमानस्थलको सुरक्षा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकको नेतृत्वमा हुने गरेको छ ।

विमानस्थलमा अहिले दैनिक १० उडान हुने गरेका छन् । बुद्धएयरले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्दै आएको छ । विमानस्थलमा केही दिनअघि विशिष्ट कक्षमा आगलागीसमेत भएर क्षति भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १० : ०१ बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’