बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन् « Khabarhub

बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको छन् ।

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ ।

रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ । सोही सडकअन्तर्गत नुवाकोट जिल्लामा मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ ।
जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा पूर्णरूपमा अवरुद्ध छ । कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पूर्णरूपमा अवरुद्ध छ ।

सडक विभागअन्तर्गका डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन् । कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकातर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाएको विभागले जनाएको छ ।

सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए । विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । जेठ र असारदेखि अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १० : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक