छोरालाई हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान « Khabarhub

छोरालाई हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ ।

दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्काे जातको कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएका बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको हो ।

सौतेनी आमा रागनीले बालक रितेशको घाँटी थिचेर हत्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता घटनापश्चात् आमा र बुवा दुवै जना घरबाट फरार भएका थिए ।

प्रहरीले घटना घटाएकै दिन बुवालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक