१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ « Khabarhub

१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज-  प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ किलो गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डको रातोपुल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : २२ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी