चेन्नइ आईपीएलको शीर्ष स्थानमा « Khabarhub

चेन्नइ आईपीएलको शीर्ष स्थानमा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेन्नइ सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नइले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नइले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नइको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोडे । यस्तै अम्बाती रायाडुले ३२ रन, फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए । सुरेश रैना १७ र कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । पनि टिमको हार टार्न सकेनन् । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

जितसँगै चेन्नइको ९ खेलमा १४ अंक भएको छ । बैंगलोर ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु