मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन जाँदै « Khabarhub

मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन जाँदै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी-२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाँदै छन् ।

भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री मोदी आगामी शुक्रबार (२९ अक्टोबर ) देखि मंगलबार ( २ नोभेम्बर) सम्म रोम, इटली, ग्लासगो र बेलायतमा रहनेछन् ।

शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरू पनि सहभागी हुनेछन् ।

जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : ४५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण