मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन जाँदै « Khabarhub

मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन जाँदै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी-२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाँदै छन् ।

भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री मोदी आगामी शुक्रबार (२९ अक्टोबर ) देखि मंगलबार ( २ नोभेम्बर) सम्म रोम, इटली, ग्लासगो र बेलायतमा रहनेछन् ।

शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरू पनि सहभागी हुनेछन् ।

जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु