शिक्षा मन्त्री पौडेल र युुनेस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता « Khabarhub

शिक्षा मन्त्री पौडेल र युुनेस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।

युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए ।

‘नेपाल प्राकृतिक एवम् सांस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् ।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए । मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए ।

‘दुईपक्षीय छलफल गरेर ठोस कार्यक्रम तयार गछौं,’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।’

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे । काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनिस्कोग्राम, संग्रालय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ ।

भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : १७ बजे

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।