शिक्षा मन्त्री पौडेल र युुनेस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता « Khabarhub

शिक्षा मन्त्री पौडेल र युुनेस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।

युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए ।

‘नेपाल प्राकृतिक एवम् सांस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् ।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए । मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए ।

‘दुईपक्षीय छलफल गरेर ठोस कार्यक्रम तयार गछौं,’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।’

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे । काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनिस्कोग्राम, संग्रालय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ ।

भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : १७ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६