हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मीक प्रवचन « Khabarhub

हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मीक प्रवचन


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  हिन्दु राष्ट्र पुन: स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारेखि सुरु भएको छ ।

अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो ।

सिद्धार्थनगर-४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गर्दै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ-संस्थालगायतको सहभागिता थियो ।

श्री गोवर्द्धन मठ पुरी-पीठका प्रमुख शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज धार्मिक सभामा आएका छन् । हिन्दु धर्मका धर्माचार्य तथा धर्म गुरुहरूमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज नेपाल आएपछि हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधीशहरू भैरहवामा भेला भएका छन् ।

आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगतगुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुसीको अनभुति भएको बताए ।

आध्यात्मिक गुरु तथा हिन्दु विद्यापीठ स्कुलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दु राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : २५ बजे

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा

एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा